काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरातमा जारी खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।
रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण केसीले १६ बलमा ४० रन जोडे ।
यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए ।




















प्रतिक्रिया