काठमाडौं । आज पनि सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ ।
आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यसको ३६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया