Logo

समाचार

तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १७:१५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।