Logo

प्रमुख समाचार

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बैंकक प्रस्थान



काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ।

उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा।घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्छ ।

बैंकक बसाइका क्रममा अर्थमन्त्री डा। वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

बैठक अवधिमा अर्थमन्त्री डा। वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, द्विपक्षीय बैठकमा सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम ९जी २०० को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि उहाँ सहभागी हुनुहुनेछ।

उहाँले आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १९:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।