काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जे क्युङबीच बुधबार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई देशबीचको आपसी सम्बन्धलाई थप विस्तार गर्ने विषयमा समेत भेटवार्ता केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।




















प्रतिक्रिया