Logo

समाचार

काठमाडौंमा अवैध रूपमा बसिरहेका १० विदेशी नागरिक पक्राउ



 

काठमाडौं । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका १० विदेशी नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले उनीहरूलाई बुधबार नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको हो।

पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण हेडक्वार्टर ९विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा० बाघभैरवको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका विदेशी नागरिकको राष्ट्रियता तथा नेपाल प्रवेशसम्बन्धी थप विवरण भने उपलब्ध गराइएको छैन।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १९:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।