Logo

समाचार

ठगीको आरोपमा फरार महिला पक्राउ



काठमाडौं । ठगी तथा बैंकिङ कसुरका विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी ४२ वर्षीया नितु ठाकुर पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठाकुरलाई ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार ठाकुरविरुद्ध ठगीसम्बन्धी मुद्दामा १५ लाख ७० हजार रुपैयाँ, काठमाडौंमा दर्ता बैंकिङ कसुरसम्बन्धी मुद्दामा ४२ लाख रुपैयाँ र नयाँ बानेश्वरमा दर्ता अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दामा ३१ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

पक्राउ परेकी ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार २०:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।