काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले औपचारिक मान्यता दिएको छ। नेपाल क्रिकेट संघ क्यान ले शुक्रबार प्रतियोगिताले आईसीसीको मान्यता पाएको जानकारी दिएको हो।
आईसीसीको मान्यता पाएसँगै एनपीएलमा टेस्ट राष्ट्रका अन्तर्राष्ट्रिय खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन्। यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढाउनुका साथै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रियस्तरमा एनपीएलको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारका लागि पनि आईसीसीको मान्यतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।




















प्रतिक्रिया