Logo

समाचार

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध



काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् ।

गोरखाको आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

आरुघाट गाउँपालिका वडा नं.९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।

पहिरोका कारण बराहताल गाउँपालिका वडा नं. ७ औंलिसेस्थित कर्णाली राजमार्ग प्रभावित भएको थियो। हाल उक्त राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार ०७:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।