Logo

शेयर बजारमा झिनो अंकको वृद्धि, ५ अर्ब ७९ करोडकाे कारोबार



हिजो घटेर बन्द भएको बजार आज भने सामान्य बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ को विन्दुमा बन्द भएको छ।

आज ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २१ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले १२ .०९ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।