Logo

काठमाडौंबाट देखिएको जुगल हिमालको सुन्दर दृश्य



सफा मौसमसँगै काठमाडौंबाट देखिएको जुगल हिमालको सुन्दर दृश्यले उपत्यकाको प्राकृतिक सौन्दर्यलाई फेरि उजागर गरेको छ । सहरका अग्ला भवन र बाक्लो बस्तीको पृष्ठभूमिमा देखिएको हिमाली दृश्यले काठमाडौंको भौगोलिक विशेषता र प्राकृतिक सम्पदाको झल्को दिन्छ ।

यद्यपी, काठमाडौं उपत्यकाबाट हिमाली दृश्य देखिनु पछिल्लो समय दुर्लभ बन्दै गएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो वायु प्रदूषण र धुलोका कारण उपत्यकाबाट देखिने हिमाली शृङ्खला प्रायः धुम्मिने गरेको छ । तर, मौसम अनुकूल हुँदा काठमाडौंका विभिन्न स्थानबाट हिमालको मनमोहक दृश्य देख्न सकिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।