Logo

मौसम

कस्तो रहनेछ आजको मौसम ?



काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव पर्ने सम्भावना छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने अनुमान छ। देशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक(दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।

बिहीबार कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार ०६:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।