Logo

अर्थ

वीरगन्ज भन्सारद्वारा एक महिनामा २६ अर्ब ७२ करोड राजस्व संकलन



 

पर्सा ।वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयले उक्त महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। संकलित राजस्व लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी हो।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

त्यसैगरी, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा ९बिटुमिन० बाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ। यस अवधिमा लक्ष्यको तुलनामा एक अर्ब ४३ करोड रुपैयाँ कम राजस्व उठेको छ।

चाडबाडका समयमा आयात तथा कारोबारमा हुने वृद्धिले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सहयोग पुगेको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार ०७:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।