प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिएका दिएका छन् । उनले अधिकारीकोे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर बिदाई गरेका हुन् ।आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएका थिए ।
श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म शव टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।
बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।
श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया