Logo

प्रमुख समाचार

टुँडिखेलपछि पोखरा लगिदै अधिकारीको शव, यस्तो छ अन्त्येष्टीको तयारी



ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुँदैछ ।

अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम संकारका लागि पोखरा लैजाने तयारी भइरहेको छ ।

काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरा लगि शवयात्राका साथ अन्त्येष्टि गरिने छ ।

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ४ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।