काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुनका लागि सेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।
कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्डमा बोलाएको छ। बिहान ९ बजे सुरु हुने सभामा सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारितका लागि प्रस्तुत हुनेछ।
यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश छन्।




















प्रतिक्रिया