Logo

प्रमुख समाचार

दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी



काठमाडौं । नेपाल प्रहरीले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ ।

पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्टि गरे ।

सादा पोसाकमा आएका प्रहरीले सुवेदी र बराललाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । साथै दियोपोष्ट र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका केही व्यक्तिहरु प्रवेश गरेको जानकारी दिए ।

कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर पक्राउका विरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए ।

यता, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा समाचारका विषयमा छलफल गर्न भन्दै बोलाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार १८:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।