संसदको प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा वताएका हुन् ।
साथै कोइरालाले नेपाल सनातन वैदिक धर्मको भूमि रहेको भन्दै नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्ने बताए ।बी.पी. पुत्र समेत रहेका डा. कोइरालाले भने “धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ, र सवैको चाहनामा हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ।”
साथै उनले केही धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गरे आफूले बी.पीको पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घोष समेत गरे ।
कार्यक्रममा नेपाली काग्रेस गुल्मीका पर्टी सभापति भुवन श्रेष्ठले स्थायी सरकार स्थानिय सरकारलाई उपयोग गर्दै प्राविधिक तथा व्यावसायीक धारमा शिक्षा सुरुवात गर्न सुझाव दिए । त्यस्तै नेपाली काग्रेसका महासमिति सदस्य चन्द्र केसीले धर्म र संस्कृति माथि आक्रमण भैरहेको भन्दै हिन्दुराष्ट्र हुनुपर्ने माग गरे ।
कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ। हाल सम्म झण्डै ४ करोड रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ ।



















प्रतिक्रिया