Logo

प्रमुख समाचार

महाकालीमा जीप खस्योः ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी



दार्चुला सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जीप शुक्रबार राति करिब ८ बजे महाकाली नदीमा खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ।दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा म १ ज २८० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म ८ जनाको शव फेला परेको छ। राति भएकाले यात्रु संख्या यकिन हुन सकेको छैन। उद्धारमा पनि समस्या भइरहेको प्रहरी कार्यालयले जनायो। कम्तिमा १२ जना रहेको अनुमान छ।

जीप चालक दीपकसिंह धामी घाइते भएका छन्। उनलाई अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो। पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो।

जीप झन्डै पाँच सय मिटर तल महाकाली नदीमा खसेको छ। घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।