Logo

नेयरमार, डी मारियासहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण



पेरिस सेन्ट जर्मेन (पीएसजी)का एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरस संक्रमण भएको छ ।

नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । ‘परीक्षणपछि तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा रहेका छन्,’ क्लबले भनेको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १० : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।