दार्चुलाको दुहुँ गाउँपालिका, ३ राताकाठामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुने कसैको सनाखत हुन सकेको छैन ।
महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा ३ जना महिलाको शव निकालिएकाे र भिरतिर ४ महिला, ३ पुरुष र १ नाबालकको शव रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । जिप चालक दिपक सिंह धामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
म १ ज २८० नम्बर जिप दार्चुला तिंकर सडकको राताकाठा क्षेत्रबाट झण्डै ३ सय मिटर तल महाकाली किनारसम्म पुगेको प्रत्यक्षदर्शी जयबहादुर बमले जानकारी दिए ।राति ८ बजेतिर भएको दुर्घटनामा परेकालाई उद्धार गर्न भिर र अँध्यारो भएकाले समस्या पारेको प्रहरी निरीक्षक कठायतले जानकारी दिएका छन् ।



















प्रतिक्रिया