Logo

अन्तर्राष्ट्रिय

प्रतिबद्धता पूरा गर्‍यो पाकिस्तानले : अभिनन्दनलाई भारत सुम्पियो



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिकाे भावना र चाहानाअनुसार पाकिस्तानी भूमिमा फेला परेका भारतीय युद्धक विमानका पाइलट अभिनन्दन वर्थमान भारतलाई सुम्पेका छन् ।

पाकिस्तानी हवाई सीमामा पुगेको भारतीय विमान खसालिएपछि जिवितै उद्धार गरिएका अभिनन्दनलाई शुक्रबार राति ९ः३० बजे पाकिस्तानले भारतीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।

विमान ध्वस्त भएता पनि पाकिस्तानी भूमिमा सुरक्षित अवतरण गरेका अभिनन्दनलाई स्थानीय बासिन्दाले कुटपिट गरिरहेको अवस्थामा बुधबार पाकिस्तानी सेनाले उद्धार गरेको थियो ।

भारत र पाकिस्तानबीच बढ्दो तनाव युद्ध उन्मुख भैरहेको अवस्थामा पाकिस्तानी प्रधानमन्त्रीले शान्ति चाहानाअनुरुपको प्रयास बमोजिम बिना कुनै शर्त अभिनन्दनलाई भारत पठाएका हुन् ।उनलाई वाघा सीमामा पकिस्तानी अधिकारीहरुले भारतीय अधिकारीहरुलाई सुम्पेका हुन् । एजेन्सी

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ५ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।