Logo

राजनीति

पत्रकार पक्राउ प्रकरणमा कुमार बेनको व्यङ्ग्य– ‘२८ मा नपर्ने पनि के पत्रकार ?’



काठमाडौं । पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको सामाजिक सञ्जालमा आएको व्यङ्ग्यात्मक टिप्पणीले नयाँ विवाद सिर्जना गरेको छ ।

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक तथा हास्यपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो फेसबुकमार्फत पत्रकार पक्राउ गर्न तयार पारिएको भनिएको २८ जनाको सूचीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।

‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो रु २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन् ।

बेनले उक्त पोस्टमा समीर बलामी, जया सिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकरण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश चिरञ्जीवी पौडेल, श्रीधर पी पौडेल, कमल सरगम चौलागाईं, टीकाराम यात्री, केशव खड्का र बसन्त बस्नेतलगायत पत्रकारलाई मेन्सन गरेका छन् ।

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि समेत प्रश्न उठिरहेका बेला सरकारका प्रमुख सल्लाहकारबाटै यस्तो टिप्पणी सार्वजनिक भएपछि विषय थप पेचिलो बनेको छ ।

सञ्चार स्वतन्त्रता र पत्रकारको सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा सरकारको उच्च तहबाट व्यङ्ग्यात्मक अभिव्यक्ति आउनुले सरकारको जवाफदेहिता र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि बहस सुरु भएको छ ।

आलोचकहरूले यस्तो संवेदनशील विषयलाई हल्का रूपमा प्रस्तुत गर्नु उचित नभएको भन्दै सरकारको गम्भीरतामाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार १९:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।