काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४।९८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९६ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल नाफा ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ११ करोड २६ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको परियोजना सम्पत्तिको ह्रासकट्टी तथा परिशोधन खर्च ४ करोड ७ लाख रुपैयाँ रहेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने सञ्चित कोषमा ९ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा र वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६७ पैसा रहेको कम्पनीको सेयर बजार मूल्य ४९७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९पीई रेसियो० १०३।३१ गुणा रहेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालीन कर्जा २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया