Logo

Sports

एनपीएलः पोखराको लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो ।

जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३,तिलक भण्डारीले २ विकेट लिए।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले  जनकपुर बोल्ट्सलाई २ रनले हरायो।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार १९:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।