Logo

अर्थ

तिहारमा राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने



 

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकले २.५  ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। असर्फी उत्पादनका लागि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिएका छन्।

यस वर्ष चाँदीका मेडालियनमा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित गरिनेछ। एक व्यक्तिले एक थान सुनको असर्फी र बढीमा तीन थान चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्।

सुनचाँदीको सोही दिनको बजार मूल्यमा उत्पादन लागत जोडेर मूल्य निर्धारण गरिनेछ। यसको मूल्य बजार भाउभन्दा करिब १० देखि १५ प्रतिशतसम्म महँगो पर्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकसँग सीमित मौज्दात रहेकाले दुई दिन मात्र बिक्री गरिनेछ। असर्फी तथा मेडालियन खरिदका लागि पहिले आउनेलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार २१:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।