Logo

समाचार

पत्रकार मुरारीप्रसाद गौतमको निधन



नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा रहस्य साप्ताहिकका सम्पादक मुरारीप्रसाद गौतमको निधन भएको छ ।

उनको गएराती ग्राण्डी अस्पतालमा निधन भएको हो । उनलाई मुटु सम्बन्धी रोगले चापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो । गौतमको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शोकको घडीमा गौतमका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं । दिवङत आत्माको चिरशान्तिको कामना गर्दै नेपाल बहसडटकम परिवार भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार ०३:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।