Logo

खेलकुद

एनपीएल: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए ।

८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो ।

काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।