Logo

प्रमुख समाचार

मानव वेचविखन तथा ओसारपसार आरोपमा १ महिला सहित तिन पक्राउ



बर्दिया प्रहरीले मानव बेचविखन तथा ओसार पसार कार्यमा संलग्न रहेको आरोपमा १ महिलासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा १८ देखि २० बर्ष उमेर समुहका युवतीहरुलाई प्रलोभनमा पारी भारत तर्फ लैजाने कार्यमा संलग्न रसुवा जिल्लाको यार्सा गाउँपालिका वडा नं. १ बस्ने कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. १२ बस्ने ओकिल बहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ बस्ने मैमी कुमारी सार्कीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल भारत सिमा बलैगाउँबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ कर्णालीपुरबाट दुई युवतीलाई समेत उद्दार गरेको जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरु मानब बेचबिखनमा संलग्न भएको देखिएकोले मानव बेचबिखन तथा ओसार पसार कसुरमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।