Logo

प्रमुख समाचार

नक्कली हस्ताक्षर गरेर राजेन्द्र महतोले तलव खाएकाे स्वकीय सचिवकाे आरोप



लामो समयदेखि नियमित तलव नपाएको भन्दै राजपा नेता तथा सांसद राजेन्द्र महतोका स्वकीय सचिव रविन्द्र चौधरीले राजीनामा दिएका छन् ।१५ वर्षदेखि महतोसँग निकट रहेका चौधरीले आज फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएकाे घोषणा गरेका हुन् ।

राजेन्द्र महतोले आफ्नो फर्जी हस्ताक्षर गरेर संसद सचिवालयबाट पीएको तलव बुझेको चौधरीले आरोप लगाएका छन् । चाैधरीले ०७४ साल फागुनदेखि नै महताेका स्वकीय सचिवकाे रूपमा काम गर्दै आएका थिए ।

उनले भने,सांसद सचिवालयमा गएर आफ्नो परिचयपत्र देखाएर पहिलेदेखिको तलव वक्यौता माग्दात्यहाँका कर्मचारीले पाँच महिनाको तलव बुझेको हस्ताक्षर समेत देखाए । संसद सचिवालयले हस्ताक्षर रुजु नगरिकन पीएको बक्यौता फर्छयाैट गरेको चौधरीको भनाइ छ ।

गत पुसभन्दा अगाडिसम्म सांसदको तलवमा नै पीएको तलव गाभिएर आउँथ्यो ।तर, महतोले आफूलाई महिनाको १५ देखि १८ हजार मात्र दिने गरेको बताए ।

महतोले विगतदेखि नै आर्थिक लेनदेन गरेर समानुपातिक सांसद तथा विभिन्न पदहरुमा मान्छे नियुक्त गराउने गरेकोसमेत चौधरीको आरोप छ ।चौधरी राजपाको युवा संगठन राष्ट्रिय युवा संगठनका सचिवसमेत हुन् ।

यसैबीच, सांसद राजेन्द्र महतोले भने स्वकीय सचिव चौधरीले लगाएका सबै आरोप झुटा भएको बताए । तीन महिना अगाडि नै उनलाई हटाएर नयाँ स्वकीय सचिव(पीए) राखेको बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।