नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोरसिंह राठौरले देश समृद्ध हुन युवाहरू पनि सिर्जनशील हुनुपर्ने बताएका छन्। अहिले मुलुकमा सिर्जनशील युवाको कमि भएको भन्दै हामिले सिर्जनशील युवाहरुको बिकाश गर्न नसके देश समृद्ध नहुने उनको तर्क छ।
आइतबार राजापुर नगरपालिकामा रहेको अमर शहीद बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको शिलान्यास गर्दै नेता राठौरले सरकारले स्कुलका ढोका नदेखेका गरिब तथा बिपन्न परिवारका बालबालिकालाई स्कुलसम्म पुर्याउन नसकेको भन्दै नेता राठौरले यो सरकारले रेलका सपना देखाउनु भन्दा दुर्गममा शिक्षाको पहुँचमा ध्यान दिन पनि सुझाव दिए।
बिश्वका अधिकांश मुलुकले शिक्षाकै कारण बिकाशमा फड्को मारेको भन्दै नेता राठौरले हामी पनि समृद्ध मुलुक बनाउनलाई पहिला शैक्षिक सुधार र शिक्षाको बिस्तारमा लाग्नु पर्ने जिकिर गरे। फरक प्रसंगमा नेता राठौरले अहिले नेपालमा अनुशासित युवाहरुको कमि भएको भन्दै अनुशाशीत युवा उत्पादन गर्न तिर सबै अभिभावक लाग्नु पर्ने पनि औल्याए।



















प्रतिक्रिया