Logo

राजनीति

कांग्रेस सभापति देउवा, बरिष्ठ नेता पौडेल र प्रवक्ता शर्मा किन जादै छन् म्याग्दी ? कारण सहित



यहि फागुन २५ गते नेपाली कांग्रेस सभापति शेर बहादुर देउवासहित पार्टीका शिर्ष नेताहरु म्याग्दी जाने भएका छन् ।
म्याग्दी जिल्लामा निर्माण भएको कार्यालय ‘वि.पी. स्मृति भवन’को उद्घाटनका लागि सभापती देउवासहित बरिष्ठ नेता राम चन्द्र पौडेल र प्रवक्ता विश्व प्रकाश शर्मा म्याग्दी जाने तय भएको छ ।

पूर्व प्रधानमन्त्री सहित प्रभावशाली नेताहरु म्याग्दी ल्याउनका लागी केही समय देखी हामीले तयारी गरेका थियौँ उनीहरु तिनै जनाको अहिले समय मिलेकाले तिनै जना एकै पटक म्याग्दीमा आउन लागेको म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले बताए।

फागुन २५ गते हुने बिशाल आम सभा तथा नेपाली कांग्रेसको कार्यालय उद्घाटन कार्यक्रमको प्रचारप्रसार तिब्र बनाईएको जिल्ला कार्यसमितिका सह–सचिव, युवा नेता तथा २५ गते हुने कार्यक्रमको प्रचार प्रसार संमयोजक भरत बहादुर रकालले जानकारी दिए ।

उनका अनुसार प्रचार प्रसार गर्नका लागी बिभिन्न ठाउँमा प्रचार पम्मप्लेटहरु राखीएको र सम्पूर्ण कांग्रेसका भातृ संस्थाहरुलाई समेत खबर गर्न आह्वान गरिएको छ ।

नेपाली कांग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि करिब दुई बर्षमा भवन निमार्ण गरेको थियो ।

भवन निमार्णका लागी २९ लाख ५९ हजार ४२५ रुपैयाँ लगानीमा भवन निमार्ण गरिएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए ।बाल मन्दिरमा आफ्नो कार्यालय राखेको कांग्रेसल एक बर्ष अघिबाट नवनिर्मित भवनबाटै आफ्नो सचिवालय सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ०७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।