Logo

प्रमुख समाचार

सभापति देउवाको चेतावनी : मिडिया बन्द गर्ने कुरा काँग्रेसले सहदैनौं !



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल काँग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री समेत रहेको शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लिलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भने, ‘ सरकारले विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ।’

प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथि बन्देज लगाउन खोजे काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने देउवाको भनाई छ । ‘साइबर क्राइम देखाएर सामाजिक सञ्जाल र अनलाईन मिडियालाई बहानाबाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं,’ देउवाको चेतावनी छ ।

उनले स्वर्गीय पण्डितसँग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसँगै जेलजीवन बिताएको भन्दै पण्डितको सिद्धान्तमा रहेर पार्टी र कार्यकर्ता अगाडी बढ्न सुझाव दिए । विसं १९९० सालमा भक्तपुरको जितपुरमा जन्मिएका पण्डितले प्रजातन्त्र प्राप्तिको लडाईमा आफ्नो जीवन समर्पण गरेका थिए ।उनको २०७४ फागुन १ गते निधनको भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।