प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विप्लवलाई सर्वसाधारण माथिको लुटपाट र दमन त्यागेर एकतामा आउन आग्रह गरेको छन् । ओलीले मंगलबार इलाम र झापाको सिमानामा पर्ने दानाबारीमा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने्, ‘अहिले म सुखानीको शहीद भूमिबाट बोल्दैछु । कम्युनिष्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन भन्दै गर्जिएका थिए । यस्तै प्रधानमन्त्री ओलीले भने, सच्चा कम्युनिष्ट पार्टी भए आउँनुहास्े, देश र जनताको निम्ति एउटै पार्टीमा बसेर काम गरूम् ।’ ‘आज शहीद भूमिबाटै पार्टी एकताका लागि आव्हान गर्न चाहन्छु। आफ्नो पार्टीको ठोस योजना लिएर आउनुहोस्। हामी कम्युनिस्ट पार्टी बनाएर अघि बढ्न तयार छौं’, प्रधानमन्त्री ओलीले भने।
शहीदको बलिदान र मूल्यांकन गर्न कम्युनिस्ट पार्टी नीति बनाएर अघि बढिसकेको उनले प्रस्ट्याए। वर्तमान सरकार शहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘यसबर्ष गरेको काम भन्दा आउँदो बर्ष अझ बढी काम गर्नेछु। जनताको अधिकार र जीवनस्तर वृद्धिका लागि सरकार दीर्घकालीन योजना लिएर अघि बढिसकेको छ।’




















प्रतिक्रिया