Logo

प्रमुख समाचार

बाबुराम भट्टराईको प्रश्न : सरकारले जनमत संग्रह स्वीकारेको हो ?



नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमनत्ती डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहको सहमति गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार सरकारसँग भएको सहमतिबारे सिके राउतले जनमत संग्रह गर्ने सहमति भएको प्रतिक्रिया सार्वजनिक गरेका बेला भट्टराईले जनमत संग्रह स्वीकार गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

‘सरकारले जनमतसंग्रह स्वीकारेको हो ? अब प्रष्ट गर्ने पालो सरकारको हो ! नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला ! दुवै पक्ष बोलून् !’ पूर्वप्रधानमन्त्री भट्टराईले सिके राउतसँग ११ बुँदे सहमतिपछिको गन्तव्य के हो भन्ने पनि नखुलेको बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १४:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।