Logo

राजनीति

माओबादि र राप्रपालाई झड्का, सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश



पछिल्लो समय प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस प्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न पार्टिहरु त्यागेर दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने गरेको लहर लागेको छ ।

कांग्रेसको मकवानपुरमा आयोजित एक कार्यक्रममा तत्कालिन माओबादि र राप्रपा त्यागेर आफ्नो गुट सहित २० जना कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुले मकवानपुरको भीमफेदी गाँउपालिकाको वार्ड ७ कोगटेमा भएको कृयाशील वितरण तथा कार्यकर्ता भेलामा राप्रपा र माओवादीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’ले टिका लगाएर कांग्रेसमा भित्र्याएकी हुन् ।

नेतृ उपाध्यायले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसले भूमिका खेलेको बताइन् । ‘कांग्रेसभित्र सबैको अधिकार रक्षा हुन्छ’, उनले भनिन्, ‘कम्युनिस्टहरू दुई तिहाइको अहंकार र दम्भीबाट हिँडेका छन् । कांग्रेसले त्यस्तो अहंकार गर्नु हुँदैन ।’

कम्युनिस्टहरूले जनताका अधिकारलाई कुनै पनि हालतमा संरक्षण गर्न नसक्ने कांग्रेस नेतृ उपाध्यायले बताइन् ।

राप्रपा वार्ड अध्यक्ष र माओवादी पार्टीका ईञ्चार्ज लगायत २० जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको मकवानपुर कांग्रेसले जनाएको छ ।

पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका नेताहरूले राप्रपा र माओवादीको नेतृत्वहरू निरंकुश हुँदै गएपछि कांग्रेसको सिद्धान्त मन परेर प्रवेश गरेको बताए ।

राप्रपाका नेताहरूले अध्यक्ष कमल थापाको दुई जिब्रे व्यहार र बोलिका कारण आफूहरू आजित भएको बताएका थिए । थापाको बोलाइ र गराइ ठीक नभएको पार्टी छाडेरका नेताहरूले आरोप लगाए ।

माओवादीका कार्यकर्ताहरूले पनि केन्द्रीय नेताहरूको चरित्र र व्यवहार उचित नभएपछि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार ०५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।