Logo

राजनीति

देउवालाई पौडेलको चेतावनी : तातोपानीमा सँगै नुहाउदैमा एकता हुदैन, यसलाई प्रचार गर्नुको अर्थ छैन



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई आफुहरुबीच एकता भएको झुटो आश्वासन नबाड्न चेतावनी दिएका छन् । उनले उसभापयित देउवासंग तातोपानीमा संगै नुहाउदैमा पार्टि एकता नहुने यसलाई प्रचार गर्नुको आवश्यक नभएको खुलाएका हुन् ।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस एकता भावना र व्यवहारमा हुनुपर्ने बताए । तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवासँगै तातोपानी कुण्डमा नुहाएको दृष्यलाई पार्टी एकताका रुपमा प्रचार भएकोप्रति उनले प्रष्टिकरण दिएका हुन् । उनले सरकारले सुशासन र शान्तिको प्रत्याभूति दिन नसकेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।