Logo

राजनीति

सरकार र सिके राउतबीचको सहमती मान्य हुदैन : डा. कोइराला



प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले एक विज्ञाप्ति जारी गर्दै सरकार शेखर कोईरालाबीचको सहमति कांग्रेसलाई मान्य नहुने बताएका छन् । डा. कोईरालाले सोमबार एक विज्ञाप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

कोईरालाले सरकार र सिकेराउतबीचको सहमति देश विखण्डन गर्ने सहमति भएको टिप्पणि गरेका छन् । यसले देश टुक्र्याउने खतरा रहेको भन्दै उनले यो कुनै हालतमा मान्य नहुने बताएका छन् ।

 

यस्तो उनको प्रेस विज्ञाप्ति

सरकार र सिके राउतबिचको सहमती पश्चात नेपालको राजनिती तरंगित बनेको छ। बिद्रोही समूहलाई संबिधान र राज्यको मूलधारमा ल्याईनू उपयूक्त भएतापनी सहमतीको दोस्रो बूँदामा उल्लेखित “जनअभिमत” (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको बिपक्षमा देखिन्छ। यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्।

यस सहमतीमा दूबै पक्षको नियतमा खोट देखिएको छ। सहमतीको मसी सूक्न नपाउँदै जनकपूरमा सिके राउत समूहको जून परिदृश्य देखियो त्यसले हामीलाई गम्भिर मात्रै बनाएको छैन बरु हामीलाई झस्काएको समेत छ।दूबै पक्षबाट यसको अबिलम्ब निदान हून जरुरी छ। जय नेपाल

डा. शेखर कोइराला
केन्द्रिय सदस्य-नेपाली कांग्रेस
२०७५/११/२७

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  ३ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।