Logo

बैंकिङ

सनराइज बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने



सनराइज बैंकले अनलाइनबाट खाता खोल्न सकिने ‘सनराइज स्मार्ट  खाता’ सेवा सार्वजनीक गरेको छ । बैंकले कोरोना प्रभावको समयमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट बैंकमा बचत खाता खोल्न सकिने गरी ‘सन्राइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

सुविधा अन्तर्गत अब ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबार समेत गर्न सक्नेछन् ।

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्गमार्फत आफैले मुद्धति खाता खोल्न पनि सकिने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको वेवसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका सन्राइज स्मार्ट बचत खाता शुन्य मौजदातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्षभित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङमार्फत् नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्कआदिको सजिलै भुक्तानी गर्न सकिने छ । 

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ११ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।