Logo

समाचार

एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा



एनआई सी एशिया बैंक लि.को भगवानपुरगाउँपालिकावडा नं १, सिरहास्थित भगवानपुर शाखाको भगवानपुरगाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट आजमिति २०७५ चैत्र १ गते भव्य समारोहकाबिच उद्घाटन भएको छ ।

उक्तशाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नोउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १४ लाख ५० हजारआदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमाप्रमुखवित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।