Logo

राजनीति

पूर्वराजा ज्ञानेन्द्र पत्रकारसँग जाइलागेपछि….



पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे प्रश्न नसोध्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।धार्मिक भ्रमणका सिलसिलामा तराईका विभिन्न स्थानमा घुमफिर गरिरहेका ज्ञानेन्द्र आइतबार सप्तरीको छिन्नामस्ता मन्दिर दर्शनका लागि त्यहाँ पुगेका थिए ।

मन्दिरमा पूजाआजा सकेपछि उनलाई सञ्चारकर्मीले मुलुकको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ रु भन्ने प्रश्न गरेका थिए । तर, ज्ञानेन्द्रले जवाफ दिन इन्कार मात्र गरेनन्, उल्टै पत्रकारसँग आक्रोश पनि पोखे । ‘यो कुरा मलाई नसोध्नू, म केही भन्दिन’, झोक्किएर उनले भने ।

सञ्चारकर्मीले फेरि अर्को पश्न सोधे– राजतन्त्र पुनस्र्थापनाका लागि सक्रिय हुनुभएको हो ? जवाफमा उनले भने, ‘यो पनि मलाई नसोध्नू, यो कुरा जनतालाई सोध्नू ।’ शाहलाई गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल लगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।