नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा टोलीको प्लेइङ–११ मा परेनन् । विश्वभरका चर्चित टी–२० फ्रेन्चाइज लिग क्रिकेट खेलिरहेका सन्दीपले यसपटक पहिलो खेलमै मौका पाउने धेरैको अनुमान थियो ।
सन्दीप टोलीमा नपरेपनि उनको टोली दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा दिल्लीले मुम्बई इन्डियनलाई ३७ रनले हरायो । दिल्लीले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको मुम्बई १९।२ ओभरमा सवै विकेट गुमाएर एक सय ७६ रनमा समेटिएको थियो ।
मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए । हार्दिक पाण्डेयले ३२, क्विनटन डीककले २७ रन, किरण पोलार्डले २१ र रोहित शर्माले १४ रन बनाए । बलिङमा दिल्लीका इशान शर्मा र कागीसो राबडाले दुई दुई विकेट लिए । टे«न्ट बोल्ट, राहुल तवतिया, अक्षर पटेल र किमो पलले एक एक विकेट झारे ।
यसअघि वानखडे क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरे दिल्लीले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले अविजित ७८ रन बनाए । कोलिन इनग्रामले ४७, शिखर धवनले ४३ र कप्तान श्रेयर ऐरले १६ रन बनाएका थिए । बलिङमा मुम्बईका मिचेल म्याकक्लेनाघनले तीन विकेट लिए । हार्दिक पाण्डेय ,बेन कटिङ र जसप्रित बुमराहको एक एक विकेट लिएका थिए ।
दिल्लीले चारजन विदेशी खेलाडीको कोटा रहने प्लेइङ ११ मासन्दीप अटाएनन् । दिल्लीले विदेशीमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र फास्ट बलर खगिसो रवाडा अनी किमो पल र अर्का फास्ट बलर ट्रेन्ट बोल्टलाई पहिलो रोजाईँमा राखेको थियो । गत सिजन पनि दिल्लीले सन्दीपलाई पछिल्लो तीन खेल मात्र खेलाएको थियो । सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए ।
प्रतिक्रिया