Logo

प्रमुख समाचार

गच्छदारले भने – कांग्रेस नेताको अनुपस्थितिमा संवैधानिक परिषदबाट भएका निर्णय मान्दैनौ



नेपाली काँग्रेसका उपसभापती विजयकुमार गच्छदारले संवैधानिक परिषदको हिजो भएको निर्णय सच्याउनुुपर्ने बताएका छन् ।नेपाली काँग्रेस मोरङद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी दलका नेता परिषदको पदेन सदस्य हुुने भएकाले कुुनैपनि निर्णय सहमतिको आधारमा हुुनुुपर्ने बताए ।

मुुलुुक संचालनकालागि सहमतीको आधारमा निर्णय हुुनुुपर्नेमा उनले जोड दिए । नेता गच्छदारले सहमती र वार्तावाटै सवै विषयको समाधान हुुने भएकाले नेकपा विप्लव समूहलाई वार्ता र छलफलमा ल्याउने राज्यकोको जिम्मेवारी भएको वताए । उनले मुडभेड र द्वन्दवाट समस्याको समाधान नहुुने समेत बताए ।

नेता गच्छदारले सरकारी प्रतिनिधिसंग विप्लव समूहले वार्ता गर्दिन भन्नु गलत भएको वताउदै मुलुकमा हत्या हिंसा, आतंक र तोडफोड छोडि शान्तिवार्तामा आउनुुको विकल्प नभएको बताए ।

वर्तमान संविधानलाई स्विकार्य र सर्वमान्य वनाउन विगतमा मधेशवादी दलसंग स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भएको सहमती कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए। उपनेता गच्छदारले टिकापुर घटनाका सम्वन्धमा लाल आयोगको प्रतिवेदन सार्वजनिकवाट नै घटनामा को को संलग्न छन् भन्ने प्रष्ट हुने बताए ।

उनले नेपाली काँग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको प्रष्ट पार्दै धर्मका सम्वन्धमा जनमतसंग्रह गर्ने पार्टीका जिम्मेवार तहवाट आएको विचार व्यक्तिगत भएको र यससम्वन्धी विषय केन्द्रीय समितिमा प्रवेश समेत नभएको जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार  २ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।