Logo

प्रमुख समाचार

जनकपुर बम काण्ड : पूर्वमन्त्रीसहित ७ जनालाई जन्मकैद



२०६९ साल वैशाख १८ गते जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

विस्फोटमा ५ जनाको ज्यान गएको थियो ।धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साह टक्ला, मुकेश चौधरी, रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । यसैगरी ओमप्रकाश यादवलाई भने दश वर्ष कैदको फैसला सुनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ०३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।