Logo

प्रमुख समाचार

बेरोजगारलाई भत्ता दिने विषयमा माधव नेपालको कडा टिप्पणी



सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको टिप्पणी गरेका छन् ।

सरोकार समाजले काठमाण्र्डौमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताएका छन्।राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने उनले बताए ।

नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै उनले पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने बताए ।पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो ।

‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने, ‘एदम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’स्वरोजगार बन्न आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न पूर्वप्रधानमन्त्री नेपालले युवाहरुलाई सुझाव दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।