Logo

प्रमुख समाचार

भीषण हावाहुरीका कारण बारामा कम्तीमा २१ जनाको मृत्यु, थप बिबरण आउन बाकि



बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ।

उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।