Logo

खेलकुद

महंगा बनेका सन्दीप लामिछानेले एक विकेट लिए



इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आफ्नो चौथो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।

उनले अन्तिम ओभरमा ८ रन खर्चिएर दीपक होठालाई आउट गरेका हुन् ।दिल्लीबाट पहिलो ओभर बलिङ गरेका लामिछानेले पहिलो ओभरमा ६ रन खर्चिएका थिए भने दोस्रो ओभरमा १३ रन खर्चिए ।

दोस्रो ओभरमा उनले एक चौका र एक छक्का भेटेका थिए । यस्तै तेस्रो ओभरमा किफायती खेल खेल्दै उनले ५ रन खर्चिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर हैदरावादलाई १३० रनको लक्ष्य दिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।