Logo

प्रमुख समाचार

देउवा निवासमा सिटौलालाई ‘वल्लो घाट न पल्लोतिर’ भएपछि…



कहिँले पार्टी सभापति शेरबहादुर देउवा र कहिले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग साँठगाँठ गरी नेपाली कांग्रेसभित्र शक्ति सुदृढीकरण गरिरहेका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला शुक्रवार साँझ ‘वल्लो घाट न पल्लोतिर’ बने ।

शनिवार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शुक्रवार अपरान्न सभापति देउवाले आफ्नै निवासमा अनौपचारिक बैठक बोलाएका थिए । पार्टीका पदाधिकारी र शिर्ष नेता सहभागी बैठकमा देउवाले कार्यसम्पादन समिति, नेपाल किसान संघ, आदिवासी जनजाति संघ गठनको प्रस्ताव ल्याएका थिए । प्रस्तावमा देउवाले साठी र पौडेल पक्षले चालिस प्रतिशत भागबन्डा गर्ने सहमति पनि बन्यो । तर पार्टीभित्र तेस्रो ध्रुव खडा गरेका सिटौलालाई कुनै भागबन्डा परेन ।

देउवा पक्षले पौडल पक्षका चालिस प्रतिशतबाट सिटौलालाई भाग दिनुपर्ने प्रस्ताव गरेभने पौडेले महाधिबेशनमा देउवालाई सघाएकाले देउवा पक्षबाट भाग दिनुपर्ने बताए । दुवै पक्षले एकअर्काको भागबाट बन्डा दिनुपर्ने बताएपछि सिटौला झोकिएका थिए । सभापति देउवा र पौडेलसँग रुष्ट हुँदै उनी बैठकबाट बाहिरिएको देउवा निकट स्रोतले बताएको छ ।

महाधिबेशनमा सभापति लडेका सिटौला पुरक निर्वाचनमा देउवाका पक्षमा उभिएका थिए । त्यसपछि भएका जनवर्गीय संगनहरुको अधिबेशनमा सिटौला पौडेलको कित्तामा थिए । दुवै पक्षसँग समयअनुसार मिलेर फाइदा लिइरहेका सिटौलालाई यसपटक भने साँच्चिकै अप्ठेरो परेको छ । देउवा र पौडेल दुवैले विश्वास गर्न नसक्दा उनी संकटमा परेका छन् ।

दुई दिनअघि मात्र जिल्ला सभापतिहरुको भेलामा पौडेलसँग कुम जोडेका सिटौला शुक्रवार रातिदेखि एकाएक बिच्किएका छन् । पौडेलले देउवाको कित्तामा राखेपछि यी दुवैबीचको अल्पकालिन सहमतिमा दरार आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।