Logo

प्रमुख समाचार

ओलीबारे सर्वोच्चले गर्‍यो यस्तो फैसला



सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान संयुक्त इजलासले ओलीकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको छ ।

यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो ।गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका विप्लव ओलीलाई चैत ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरूणबेसीबाट चैत ९ गते बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठ जना विप्लव समूहका नेता पक्राउ गरेको हो ।मध्यकमाण्ड इञ्चार्ज रहेका ओली विप्लव माओवादीमा तेस्रो वरियताका नेता हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।