केहि समय अगाडि लुट्न सके लुट बोलको गित गाएर सरकारको टाउको दुखाएका गायक पशुपति शर्मा माथि सरकारले पुर्वाग्रहपुर्ण रिसिबि साँधेको छ । २०७५ साल असोज ३ गते राष्टिय दिवसका दिन सरकारले विभिन्न विभूषण हरु मध्ये मानपदवी पाँउने व्यक्तिहरुको नामावलि घोषणा गरेको थियो ।
घोषित नामहरुलाई बैशाख १ गते राष्टपति विधादेवि भण्डारीले विशेष समारोहविच मानपदवि प्रदान गरिन् । सरकारले र गायक शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)को ९ नम्बरमा सम्मान गर्ने घोषणा गरेका थियो तर पदक प्रदान गर्ने दिन शर्मालाई कुनै निम्ता र खबर नै गरिएन ।
प्रबल जनसेवा श्री मानपदवी पाउने व्यक्तिलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो तर आफुलाई सम्बन्धित ठाँउबाट कुनै औपचारिक जानकारी नआएको शर्माले बताए । लुट्न सके लुट् कान्छा गित गाएकै कारण शर्मा माथि सरकारले पुर्वाग्रहपुर्ण प्रतिशोध साँधेको अनुमान गरिएको छ ।




















प्रतिक्रिया